इटहरीको उपमेयरमा पराजित विष्टका छोराद्वारा एमाले नेता सुवेदीलाई हातपात

हेटौडा न्युज
८ जेष्ठ २०७९, आईतवार ११:१४
;

मकवानपुर । इटहरीको उपमेयरमा पराजित केशव विष्टका छोरा कैलाश विष्टले नेकपा एमालेका प्रदेश १ सदस्य हिमाल सुवेदीलाई हातपात गरेका छन् ।

आज बिहान विष्ट नेतृत्वको तीनजनाको समूहले सुवेदीलाई इटहरी संगीत चोक नजिकै हातपात गरेका हुन् । सुवेदीको आँखामा चोट लागेको छ । सुवेदीलाई हातपात गर्नुअगाडि विष्टले धम्कीपूर्ण म्यासेज गरेको सुवेदीले बताए ।

हातपातको विरोधमा एमालेले नाराबाजी गर्दै इटहरीको इलाका प्रहरी कार्यालय अगाडि सडकमा धर्ना दिएका छन् । इटहरी प्रहरीलेले अहिलेसम्म कुटपिट गर्ने विष्ट नेतृत्वको समूहलाई पक्राउ गरेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*