मतान्तर बढाउँदै रेनु

हेटौडा न्युज
७ जेष्ठ २०७९, शनिबार १६:०२
;

मकवानपुर । भरतपुर महानगरपालिकामा रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छिन् ।

हाल सम्म ७६ हजार ९५ मत गणना गर्दा रेनुले ५ हजार ७ सय ३३ मतले अग्रता कायमै राखेकी हुन् । गठबन्धनकी रेनु दाहालले २९ हजार ४ सय ७८ मत ल्याउँदा एमालेका विजय सुवेदीले २३ हजार ७ सय ४५ मत ल्याएका छन् ।

यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ३ सयm३४ मत ल्याएका छन् । उपमेयर गठबन्धनको तर्फबाट चित्रसेन अधिकारीले ३१ हजार ८ सय २४ मत ल्याएर अग्रता कायमै राखेका छन् । भने उपमेयरमा राप्रपाकी हिमला गुरुङले १८ हजार ४ सय १ मत प्राप्त गरेकी छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*