जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवारले अग्रता बढाउँदै

हेटौडा न्युज
७ जेष्ठ २०७९, शनिबार १४:२६
;

मकवानपुर । जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता बढाउँदै लगेका छन् ।

उनले ८ हजार ४ सय ३६ मत पाएका छन् । दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार शिवशंकर साह हिराले ५ हजार ८ सय ९५ मत ल्याएका छन् । भने तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार मनोज चौधरीले ३ हजार ४० मत पाएका छन् ।

चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बलराम महतोले २ हजार ५ सय ७५ र सत्तारुढ दलहरुको पनि समर्थन पाएका जनता समाजवादी पार्टीका उम्मेदवार तथा निवर्तमान मेयर लालकिशोर साहले १ हजार ३ सय ७३ मत पाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*