स्थानीय निर्वाचन–२०७९: एमालेबाट थप ४ स्थानीय तहको नेतृत्व काङ्ग्रेसले लियो

मकवानपुर । स्थानीय निर्वाचन–२०७९ अन्र्तगत नेकपा एमालेबाट ४ स्थानीय तहको नेतृत्व काङ्ग्रेसले आफ्नो पोल्टामा पारेको छ ।
मकवानपुरमा १० वटै स्थानीय तहमा स्थानीय निर्वाचन सम्पन्न भएर मतपरिणामको नतिजा सार्वजनिक भईसकेको छ । जसमा नेकपा एमालले २ वटा स्थानीय तहमा मात्र नेतृत्व पाएको छ । अघिल्लो २०७४ मा भएको पहिलो स्थानीय निर्वाचनमा एमाले मकवानपुरले ६ वटा स्थानीय तहमा जित हाँसिल गर्न सफल भएको थियो ।२०७४ मा एमालले जिल्लाको हेटौंडा उपमहानगरपाकिा सहित मनहरी,कैलाश,इन्द्रसरोबर,भीमफेदी र मकवानपुरगढी गाउँपालिकामा जित हाँसिल गरेको थियो ।
तर यसपटक ५ दलीय गठबन्धन संगको प्रतिस्पर्धामा एमालले मकवानपुरले २ स्थानीय तहमा जित हाँसिल गरेको छ । इन्द्रसरोबर र भीमफेदी दुई स्थानीय तहको प्रमुखमा गठबन्धनलाई पराजित गर्दै जित हाँसिल गरेको हो । गठबन्धनबाट काङ्ग्रेसले जिल्लाको मनहरी,कैलाश,राक्सिराङ,मकवानपुरगढी र बकैयामा प्रमुख पद जित हाँसिल गरेको छ । भने नेकपा माओवादीले थाहा नगरपालिका र बागमती गाउँपालिका तथा नेकपा एकिकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकामा विजयी हाँसिल गरेको छ ।