हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका लामा र बानियाँ विजयी

मकवानपुर । बागमती प्रदेशको राजधानी समेत रहेको प्रदेशको एकमात्र हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनकी मिना लामा र उपमेयरमा राजेश बानियाँ विजयी भएका छन् ।
गत बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचन अन्र्तगत हेटौंडा उपमहानगरपालिकाको मेयरमा गठबन्धनको तर्फबाट एकीकृत समाजवादीकी मिना लामाले मेयर र गठबन्धनकै तर्फबाट काङ्ग्रेसका राजेश बानियाँ उपमेयरमा बिजयी भएका हुन् ।
यद्यपी औपचारिक घोषणा हुन भने बाँकी नै छ । गणना गर्न बाँकी रहेको मतभन्दा धेरै मतले प्रतिस्पर्धी उम्मेदवारहरुलाई पछि पारेपछि लामा विजयी भएकी हुन् ।