बागमती प्रदेशसभाको बैठक जेठ १३ गते बोलाउन आह्वान

मकवानपुर । बागमती प्रदेशसभाको बैठक जेठ १३ गते शुक्रबार बोलाउन आह्वान गरिएको छ ।
आज एक सूचना जारी गर्दे बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मन्त्रीपरिषद्को सिफारिसमा संविधानको धारा १ सय ८३ को उपधारा १ बमोजिम २०७९ जेठ १३ गते शुक्रबार विहान ११ बजेका लागी प्रदेशसभाको दशौं अधिवेशनको आह्वान गरेका छन् ।