हेटौंडामा समाजवादीका मेयरका उम्मेदवार एमालेमा प्रवेश

हेटौडा न्युज
२७ बैशाख २०७९, मंगलवार १७:२०
;

मकवानपुर । नेकपा समाजवादीबाट हेटौंडा उपमहानगरपालिकाको मेयरमा उमेदवार बनेका रोमनाथ भुर्तेल नेकपा एमाले प्रवेश गरेका छन् ।

आज हेटौंडा–४ मा भएको नेकपा एमालेको सभामा नेकपा समाजवादीबाट हेटौंडाको मेयरमा उम्मेदवार बनेका रोमनाथ भुर्तेल एमालेमा प्रवेश गरेका हुन् । भुर्तेललाई नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिष् सदस्य डोरमणि पौडेलले स्वागत गरेका हुन् । जनलहर र एमालेले गरेको बिकास र समृद्धिका कारण आफुले एमाले रोजेको भुर्तेलले बताए ।

उनको समर्थन एमालेका उम्मेदवार अनन्त पौडेललाई रहेको जानकारी दिए । कार्यक्रममा एमाले केन्द्रिय सदस्य एबम मकवानपुर सह इन्चार्ज जुनेली श्रेष्ठ, मेयर पदका उमेदवार अनन्त पौडेल, उपमेयर पदका उमेदवार सुमित्रा काफ्ले, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, सचीव एबम वडानम्बर ४ का वडाध्यक्षका उमेदवार नवीन सिग्देल, नेता श्रीधर पोख्रेल लगायतका नेताहरु सहभागी थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*