मेयरका उम्मेदवार चढ्ने गाडीमा आगजनी

हेटौडा न्युज
२६ बैशाख २०७९, सोमबार ०९:५७
;

मकवानपुर । दैलेखको आठबीस नगरपालिकाको मेयरका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने बा १९ च ५५७९ नम्बरको स्कार्पियो गाडीमा आगजनी भएको छ ।

चालक गाडीभित्रै सुतिरहेको समयमा आठबीस नगरपालिका– ४ राकम कर्णालीको खोलीबजारमा पार्क गरी राखिएको स्कार्पियोमा राति अज्ञात समूहले आगजनी गरेको हो ।

चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पर्याएका थिए । जस कारण धेरै क्षति हुन भने पाएन । घटनाबारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*