ओलीको टिप्पणी: चितवनमा काङ्ग्रेसका कार्यकताहरुले पिर बिसाउने ठाउँ समेत पाएनन्

हेटौडा न्युज
२५ बैशाख २०७९, आईतवार १७:४९
;

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुरमा छोरी नजिताए देश दुर्घटनामा पर्छ भनेर प्रचण्डले काङ्ग्रेसलाई धम्की दिएपछि चितवन काङ्ग्रेसका कार्यकताहरुले पिर बिसाउने ठाउँ समेत नपाएको बताएका छन् ।

भरतपुरको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले देउवाले आफू प्रधानमन्त्री बन्नका लागि काङ्ग्रेस सिध्याउन लाग्दा पनि कार्यकर्ताले पीर बिसाउने ठाउँ नभएको बताए । ओलीले भने– चितवनका काङ्ग्रेस कार्यकर्ताप्रति मेरो सहानुभूति छ, उहाँहरूको कुनै दोष छैन । प्रकाश सपुतले गीतमा भनेजस्तै उहाँहरूले पीर बिसाउने ठाउँ पनि पाउनुभएन । मेरी छोरीलाई भोट दिएनौ भने देश दुर्घटना हुन्छ भनेर प्रचण्डले धम्क्याउँदा पनि उनीहरूले नेतृत्वबाट ढाडस पाएका छैनन् । तर ढुक्क हुनुस् प्रचण्डकी छोरी हार्दा देश दुर्घटना हुँदैन बरु एउटा घटना हुन्छ, त्यो के हो भने गठबन्धनले नराम्रोसँग हार्छ ।

चितवनका काङ्ग्रेस कार्यकर्ताहरू प्रचण्डका बाबु छोरी बोक्न विवश भएको भन्दै उनले भोलि प्रचण्डका भाइ,भतिजा र बुहारीहरू पनि बोक्नुपर्ने अवस्था आउन सक्ने ओलीले बताए । आफ्नी छोरीलाई जिताए २० वर्ष यही गठबन्धन राखेर कांग्रेस कार्यकर्तालाई हँसिया हतौडामा भोट हाल्न लगाउने घोषणा प्रचण्डले गरिसकेको ओलीको भनाइ थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*