देउवाले पदका लागि पार्टी सिध्याउन लागे: ओली

हेटौडा न्युज
२५ बैशाख २०७९, आईतवार १७:३२
;

मकवानपुर । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउन लागेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

भरतपुरमा आइतबार पार्टीले आयोजना गरेको आभसभामा बोल्दै उनले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदा कार्यकर्ता मुकदर्शक भएको टिप्पणी गरे । ‘शेरबहादुरजीले प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन्, के हेरेर बसेका छन् कार्यकर्ता ? पार्टी सिद्धियो काङ्ग्रेसको मैले केही भन्न पर्लाजस्तो छैन’ उनले भने । देउवाले प्रचण्डकी छोरी जिताउँने धुनमा आफ्नै पार्टी सिध्याउन लागेको ओलीले बताए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*