चुनावी सभालाई सम्बोधन गर्न ओली विराटनगर जादै

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न आज विराटनगर जादैं छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओली सुनसरी र मोरङका विभिन्न चारवटा चुनावी सभा र भेलालाई सम्बोधन गर्न विराटनगर जान लागेका हुन् । एमालेका केन्द्रीय सदस्य विनोद ढकालका अनुसार विहान १० बजेको उडानबाट विरानटगर जाने अध्यक्ष ओलीले सुनसरीको धरान र इटहरी उपमहानगरपालिकामा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सुनसरीबाट विराटनगरमा आउने ओलीले यहाँस्थित जैनभवनमा आयोजना हुने चुनावी भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओली विराटनगरको भेलालाई सम्बोधन गरी मोरङकै सुन्दरहरैचामा हुने कार्यक्रमलाई सम्बोधन गर्न जानेछन् । ढकालका अनुसार छुट्टाछुट्टै चार स्थानमा चुनावी सभालाई सम्बोधन गरी आजै साँझ काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।