काङ्ग्रेस र समाजवादीका कार्यकर्ताबीच झडप, प्रहरी कार्यालय तोडफोड

मकवानपुर । चुनाव प्रचारप्रसारको क्रममा नेपाली काङ्ग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ ।
बाजुरामा जिल्लाको बुढीनन्दा नगरपालिका– ९ मा झडप भएको हो ।एकीकृत समाजवादीका कार्यकर्ताले कुकुरलाई हिर्काएको आरोपमा झडप सुरू भएको बताइएको छ । काङ्ग्रेसका कार्यकर्ताको कुटाइबाट उनी नेकपा एसका कार्यकर्ता पाण्डुसेन प्रहरी कार्यालय पुगेका थिए । एकीकृत समाजवादीका कार्यकर्ता पसेपछि नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले प्रहरी कार्यालय तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिए ।
प्रहरीले घटना नियन्त्रणमा लिन हवाई फायरसमेत गरेको छ । प्रहरीतर्फ तीनजना र नेपाली काङ्ग्रेसका तीनजना घाइते भएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिए ।