मधु अधिकारीद्वारा राप्रपा परित्याग

हेटौडा न्युज
२३ बैशाख २०७९, शुक्रबार १४:१२
;

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका नेता तथा पूर्व केन्द्रीय सदस्य मधु अधिकारीले राप्रपा परित्याग गरेका छन् ।

आज एक विज्ञप्ती जारी गर्दै उनले राप्रपा परित्याग गरेको जानकारी दिएका छन् । उनले पछिल्लो समयमा राप्रपामा सामन्ती र सर्वसत्तावीदी प्रवृत्तिको हावी भन्दै राप्रपाबाट अलगिएको जनाएका छन् ।‘राप्रपामा कृयाशिल भई जिबनका उर्जाशिल समय ब्यतित गरे । भावी दिनमा राप्रपा सम्बद्ध कोहि सङ्ग पनि गुनासो रहने छैन । पार्टीमा काम गर्ने क्रममा धेरैसाथिहरु सङ्ग नजिक भए । ,अधिकारीले भनेका छन्,माया गर्ने, सम्मान गर्ने अनि मन मिल्ने मनग्ये साथिहरु छन् । सबैलाई सम्झेको छु । गलत प्रवृत्तिसङ्ग कुनै मुल्यमा सम्झौता नगर्ने दृढताका साथ अत्यन्तै भारी मनले राप्रपाबाट अलग हुने निर्णय लिएको छु ।’ उनले भनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*