बकैयामा गठबन्धनको चुनावी अभियानमा हिडेको मिनि ट्रक दुर्घटना

मकवानपुर । बकैया गाउँपालिकामा नेपाली काङ्ग्रेस र नेकपा माओवादीको गठबन्धनको चुनावी अभियानमा हिडेको मिनि ट्रक सवारी दुर्घटना भएको छ ।
बकैया–६ को ठूलो सुधामा गठबन्धनको बागमती प्रदेश ०३००१ च १७६२ नम्बरको सवारी हिजो साँझ आफै अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १३ जना घाईते भएकोमा १२ जना डिस्चार्ज भइसकेको र एकजानको हेटौंडामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।