जुनसुकै अवस्थामा गठबन्धनलाई भोट हाल्न देउवाको निर्देशन

मकवानपुर । प्रधानमन्त्री एवम् नेपाली कङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा जुनसुकै अवस्थामा गठबन्धनलाई भोट हाल्न निर्देशन दिएका छन् ।
मोरङको विराटनगरमा आयोजित काङ्ग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले ३० गते हुने स्थानीय निर्वाचनमा जुनसुकै अवस्थामा गठबन्धनलाई भोट हाल्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आन्तरिक असन्तुष्टि बिर्सेर गठबन्धनलाई जिताउन ‘चित्त बुझेपनि नबुझेपनि गठबन्धनलाई जिताउनुहोला’, देउवाले भने ।