हेटौंडा उपमहानगरपालिकाको कर्मचारी आचारसंहिता विपरीत चुनावी प्रचारमा

हेटौडा न्युज
१९ बैशाख २०७९, सोमबार १५:५७
;

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको कर्मचारी आचारसंहिता विपरीत चुनावी प्रचारमा सक्रिय भएका छन् ।

हेटौंडा उपमहानगरपालिकाको अधिकृत हिमप्रसाद पौडेल निर्वाचन आचारसंहिता विपरीत हेटौंडा ११ मा भएको गठबन्धनको चुनावी प्रचारमा सक्रिय भएका हुन् । आचारंसहिता अनुसार सरकारी कर्मचारीलाई दलका चुनावी गतिविधिमा सहभागी हुन रोक लगाएको छ । यस्ता कर्मचारी भोलि मतदान र गणनामा खटिंदा निर्वाचनको निष्पक्षतामा प्रश्न उठ्ने सर्वसाधारणको भनाई छ ।

पछिल्लो समय सरकारी कर्मचारी, शिक्षक, अर्ध सरकारी कार्यालयका कर्मचारी र स्थानीय तहका कर्मचारी पनि चुनावी अभियानमा हिडिरहेका छन् । उनीहरूलाई नियमन गर्न भने सम्बन्धित निकायले सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*