हेटौंडा आएर यस्तो भने ओलीले

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ओलीले ‘हु ईज केपी ओली’ भन्नेलाई नेपाली जनताले ३० वैशाख गते हुने स्थानीय तह निर्वाचनमा देखाइदिने बताएका छन् ।
ओलीले देशभर एमालेको लहरले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन सरकारलाई पराजित गर्ने दाबी गरे । अध्यक्ष ओलीले अहिलेको केन्द्र र प्रदेश सरकारले भएको मन्त्रालयहरुलाई फुटाएर खानको लागि मात्रै मन्त्रालयहरुको थप गरेको बताए । उनले अहिले बागमती प्रदेशको राजधानी हेटौंडामा जता हेरो त्यतै मन्त्री नै मन्त्री देखिने गरेको तर काम भने केहि पनि गर्न नसकेको बताए । उनले प्रदेश सरकारमा नयाँ सरकार बनेको केहि दिनमै सबै सांसदलाई मन्त्री बनाउने काम मात्र भएको बताए । उनले बागमतीमा एमालेको सरकारले ७ मन्त्रीले काम गरेको तर अहिलेको सरकारले १८ मन्त्री बनाएको भन्दै यो सरकार खान जन्मिएको र देशलाई कंगाल बनाउन लागि परेको दाबी गरे । उनले अहिलेको सरकारले फागुन भित्र सम्पन्न हुने स्थानीय निर्वाचनलाई सरकारले धकेलेर पर सारेर बैशाख अन्तिममा पुर्र्याएको बताए ।
उनले गबन्धन सरकार अहिले बाध्यताले चुनाव गर्न लागेको तर चुनाव रोक्न गठबन्धन सरकार लागि परेको आरोप लगाए । अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले कोरोना महामारीको बेला पनि कर्मचारीको तलब भत्ता बढाउने हिम्मत राखेको बताए । कोभिड दुनियाँमा फैलिएको बेला आफूले पहिलो परीक्षणका लागि हङकङ पठाइएको स्मरण गराउँदै अहिले देशभर जताततै परीक्षणको व्यवस्था मिलाएको बताए । दुई अर्ब ५० करोडभन्दा बढी पैसा तिरेर पनि औषधि ल्याउन नसकेको वर्तमान सरकार भ्रष्टाचारको चंगुलमा फसेको बताए । अहिलेको सरकारमा रहेका मन्त्रीहरूलाई औलो समाएर हिँड्न सिकाएको ओलीको भनाइ छ । रेडियो टेलिभिजनमा गएर पाँच हजार तिरेर कोभिडविरुद्धको खोप लगाएको भन्दै गलत प्रचार प्रसार गर्दै हिँडेको बताए वर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्यमन्त्रीमा नियुक्त हुँदा पाँच हजार तिरेर कोरोनाविरुद्धको खोप लगाएको बताएका थिए । उक्त भनाइको खण्डन गर्दै ओलीले निःशुल्क लगाइएको खोपलाई पैसा तिरेर भनिएको बताए ।
https://youtu.be/NnUP-p_5qO4