चुनावी मैदानमा होमिए हिदम लामा घरदैलो अभियानमा सक्रिय

मकवानपुर । स्थानीय तह निर्वाचन अन्र्तगत भीमफेदी गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका हिदम लामा घरदैलो अभियानमा जुटेका छन् ।
२०७४ सालमा भएको स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली काङ्ग्रेसको संयुक्त गठबन्धनका उम्मेदवार रन्जित रानालाई पराजित गर्दे उनै हिदम लामा विजयी भएका थिए । उनी भीमफेदीको विकासका गर्न अर्को कार्यकालका लागी निर्वाचनमा होमिएका छन् । युवा नेताको पहिचान बनाईसकेका लामा अहिले चुनावी अभियान अन्र्तगत जनताको घरघरमै पुग्न थालेका छन् । ५ वर्षे कार्यकालमा निकै महत्वपुर्ण काम गरेको बताउँदै बाँकी रहेका अन्य काम पुरा गर्न आफुलाई जिताउन आग्रह गर्दे अध्यक्षका उम्मेदवार लामा जनताको घरघरमै पुग्न थालेका हुन् ।
उनले आफ्नो कार्यकालमा बिकट क्षेत्रमा सडक पुर्याएको , स्ल्याब ढलान गरिएको, खानेपानी आयोजना ल्याईएको बताए । शिक्षा क्षेत्रको विकास गरिएको , भीमफेदीमा सुविधासम्पन्न अस्पताल निर्माणको काम अघि बढाईएको उनले बताए । यस्तै पर्यटन क्षेत्रको विकास गर्न चिसापानीगढी क्षेत्रको सरक्षण गर्ने काम सुरु भएको , कृषि क्षेत्रको विकासमा विभिन्न अनुदान, पशुपालनमा अनुदान लगाएतका कार्यक्रम ल्याईएको उनको भनाई छ । उनले भीमफेदी गाउँपालिकाको विकासमा निरन्तर लागि परेको बताउँदै उनले भीमफेदीका जनताले आफुलाई जिताउने विश्वास समेत व्यक्त गरे । उनले आफु निर्वाचित भएपछि अझै मेहेनत र आत्मविश्वासका साथ भीमफेदीको विकासका लागी अहोरात्र खटिने बताए ।