आज हेटौंडामा एमालेको बृहत आमसभा ओलीले सम्बोधन गर्ने

मकवानपुर । अन्तराष्ट्रिय श्रमिक दिवस तथा नजिकिदै गरेको स्थानीय निर्वाचन केन्द्रित गरेर नेकपा एमाले मकवानपुरले आज बागमती प्रदेशको राजधानी हेटौंडामा बृहत आमसभा गर्दै छ ।
नेकपा एमाले मकवानवपुर तथा जिफन्ट बागमती प्रदेशको आयोजनामा हेटौंडा ४ हुप्रचौरमा हुने एमालेको आमसभाको तयारी पुरा भएको छ । हुप्रचौरमा हुने आमसभालाई नेकपा एमालेका केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आमसभामा जिल्लाको १० वटै स्थानीय तहबाट ४० हजारभन्दा बढि जनसहभागिता रहने एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले जानकारी दिए ।
कार्यक्रम सुरु हुनुअघि हेटौंडा उपमहानगरका विभिन्न चार वटा नाकाबाट पैदल ¥याली गरि हुप्राचौरमा जम्मा भएर १२ बजे कार्यक्रम शुरु गर्ने र १ बजे पार्टी अध्यक्ष ओलीले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । आमसभामा पार्टी प्रवेश कार्यक्रम समेत रहेको बताईएको छ । चुनावी सभामा १० वटै स्थानीय तहका एमालेका उम्मेद्वार,नेता,कार्यकर्ताहरु सहभागि हुने एमालेले जनाएको छ ।