स्थानीय निर्वाचन: मकवानपुरमा १ सय ३५ जनाको उम्मेदवारी फिर्ता

मकवानपुर । बैशाख ३० गते हने स्थानीय निर्वाचनमा मकवानपुरमा १ सय ३५ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् ।
जिल्लाका १० स्थानीय तहमा कुल दुई हजार ६७ जनाले उम्मेदवारी दिएका मध्ये शुक्रबार १ सय ३५ जनाले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उम्मेदवारी फिर्ता संगै अब जिल्लामा प्रमुख, उप्रमुख र सदस्यमा गरि कुल १ हजार ९ सय ३२ जनाको उम्मेद्वारी रहेको छ । उम्मेद्वारी फिर्ता लिनेमा हेटौंडा उपमहानगरपालिकामा ४९ जना, थाहा नगरपालिकामा १५ जना,बकैया गाउँपालिकामा १८ जना,ईन्द्रसरोवर गाउँपालिकामा ८ जना,बागमती गाउँपालिकामा ५ जना,भीमफेदी गाउँपालिकामा एक जना,मकवानपुरगढी गाउँपालिकामामा ११ जना,राक्सिराङ गाउँपालिकामा २१ जना रहेका छन् ।
यैसैगरि,उम्मे्वारी फिर्ता लिनेमा कैलाश गाउँपालिकामा ३ जना र मनहरी गाउँपालिकामा ४ जना रहेका छन् । मकवानपुरमा आउँदो बैशाख ३० गते हुने स्थानीय चुनावमा २ लाख ९४ हजार ९ सय १९ जनाले मतदान गर्दैछन् । यसअघि २०७४ भएको स्थानीय निर्वाचनमा मकवानपुरको मतदाताको संख्या २ लाख २७ हजार ७ सय ५९ जना रहेको थियो ।