उम्मेदवारी फिर्ता लिने समय आज साझ ५ बजे सम्म

मकवानपुर । बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेमा आज बेलका ५ बजेसम्ममा फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचनका लागि वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका थिए । बैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गरेका उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहे मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिन सक्नेछन्। आजै ५ बजेपछि अन्तिम नामावली प्रकाशन गर्ने तयारीसमेत निर्वाचन आयोगले गरेको छ ।