स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिनेहरुको सङ्ख्या एक लाख ४१ हजार

मकवानपुर । स्थानीय तहको विभिन्न पदमा उम्मेदवारी दिनेहरुको सङ्ख्या एक लाख ४१ हजार पुगेको छ ।
निर्वाचन आयोगले आज बिहान अध्यावधिक विवरण दिंदै मनोनयन दर्ता गर्नेहरुको सङ्ख्या एक लाख ४१ हजार ४ सय ६८ पुगेको जानकारी दिएको हो । महानगर, उपमहानगर र नगरपालिकाको नगरप्रमुखमा तीन हजार ३ सय १८, नगर उपप्रमुखमा दुई हजार ३६ जनाको उम्मेदवारी परेको छ ।
गाउँपालिकाको अध्यक्षमा तीन हजार ३ सय ६ जनाको र उपाध्यक्षमा २ हजार ३ सय ४३ जनाको उम्मेदवारी परेको छ । वडाअध्यक्षमा ३३ हजार १ सय ११, महिला सदस्यमा २४ हजार २ सय ८३, दलित महिला सदस्यमा २१ हजार ९ सय ७९ र सदस्यमा ५१ हजार ९२ जनाको उम्मेदवारी परेको छ ।