केशव स्थापितले राजीनामा दिए

मकवानपुर । बागमती प्रदेशका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य केशव स्थापितले पदबाट राजीनामा दिएका छन् ।
काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवार बन्ने भएपछि उनले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका हुन् । आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले राजीनामा दिएका हुन् ।