एमालेले मकवानपुरको १० वटै स्थानीय तहको प्रमुख र उपप्रमुख उम्मेद्वारहरुको टुङ्गो लगायो

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी नेकपा एमालेले मकवानपुरको १० वटा स्थानीय तहको प्रमुख र उपप्रमुख उम्मेद्वारहरुको टुङ्गो लगाएको छ ।
एमाले जिल्ला कमिटिले गरेको सिफारिसको आधारमा बागमती प्रदेश कमिटिले उम्मेद्वारको टुङ्गो लगाएको बागमती प्रदेशका उप–सचिव तथा प्रचार विभाग प्रमुख महेश बर्तौलाले जानकारी दिए । बर्तौलाको अनुसार केन्द्रले टुंगो लगाएको हेटौँडा उपमहानगरपालिका बाहेक बाँकी ९ स्थानीय तहमा प्रदेश कमिटिको बैठकले उम्मेद्वार टुङ्गो लगाएको हो ।
हेर्नुहोस् उम्मेद्वारहरुकोे सूचिसहित
बागमति गाउँपालिका
अध्यक्ष : खेमराज जर्गामगर
उपाध्यक्ष: धनमाया स्याङ्तान
बकैया गाउँपालिका
अध्यक्ष: सरला बोलखे
उपाध्यक्ष: लालबहादु स्याङ्तान
मकवानपुरगढी गाउँपालिका
अध्यक्ष: बिदुर हुँमगाई
उपाध्यक्ष: सन्तु थिङ
भीमफेदी गाउँपालिका
अध्यक्ष: हिदम लामा
उपाध्यक्ष: पार्वती राना
इन्द्रसरोबर गाउँपालिका
अध्यक्ष: देबकृष्ण पुडासैनी
उपाध्यक्ष: उमा लामा
थाहा नगरपालिका
मेयर: अच्युतम ढकाल
उपमेयर: कल्पना बलामी
कैलाश गाउँपालिका
अध्यक्ष: नरेन्द्रलाल रिजाल
उपाध्यक्ष: सुकुमाया थिङ
राक्सिराङ गाउँपालिका
अध्यक्ष: बाबुलाल स्याङतान
उपाध्यक्ष: सुन्तलीमाया प्रजा
मनहरी गाउँपालिका
अध्यक्ष: एकराज उप्रेती
उपाध्यक्ष: सुजिता थिङ
हेटौँडा उपमहानगरपालिका
मेयर: अनन्तप्रसाद पौडेल
उपमेयर: सुमित्रा काफ्ले