वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता

हेटौडा न्युज
११ बैशाख २०७९, आईतवार ०८:१८
;

मकवानपुर । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न राजनीतिक दलले उम्मेदवारी मनोनयन दर्ता गर्दैछन् ।

निर्वाचन कार्यतालिकाअनुसार आज देशभरका स्थानीय तहमा विभिन्न राजनीतिक दलले उम्मेदवारी मनोनयन दर्ता गर्नेछन् । मनोनयन गर्दाका लागि निर्वाचन आयोगले आज र भोलि दुई दिनको समय तोकेको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका यी दुई दिन बिहान १० बजेदेखि साँझ ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गर्न सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*