सुखी नेपाली समृद्ध नेपालको अभिभारा एमालेले मात्रै पूरा गर्छ: पौडेल

हेटौडा न्युज
१० बैशाख २०७९, शनिबार १७:३८
;

मकवानपुर । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेकपा एमालेका केन्द्रिय सल्लाहकार समिती सदस्य डोरमणी पौडेलले सुखी नेपाली समृद्ध नेपालको अभिभारा एमालेले मात्रै पूरा गर्ने बताएका छन् ।

नेकपा एमाले ७ नम्बर वडा कमिटीले न्युरेनीमा स्थापना गरेको चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दे पौडेलले जनतालाई देखएको सपना एमालेले मात्रै पूरा गर्ने दावी गरे । नेकपा एमालेले जनताको अनुहारमा हाँसो कसरी ल्याउने, हाम्रो पीडा र ब्यथाहरु कसरी निर्मुल पार्ने, हाम्रो स्वास्थ्य, रोजगारी तथा सम्पुर्ण आवश्यकताहरु पूरा गर्न नेकपा एमाले मात्र सक्षम रहेको उनले दाबी समेत गरे । आसन्न स्थानीय तहको निर्वाचनमा सबै क्षेत्रमा एमाले बहुमतका साथ बिजयी हुने र निरन्तर बिकास निर्माणको काममा एमाले लाग्ने समेत उनले प्रतिबद्धता जनाएका छन् ।

एमाले ७ नम्बर वडा कमिटी अध्यक्ष कुलप्रसाद त्रीपाठीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य तथा जिल्ला पार्टी प्रचार विभाग प्रमुख ध्रुव प्रसाद चौलागाईं, ७ नम्बर वडा सदस्य पदका उम्मेदवार देवराज रिमाल, तुलसा अधिकारी, सपना विक, नर बहादुर भ्लोन, एमाले जिल्ला सदस्य सुबोध रिमाल लगाएत नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*