एमाले हेटौंडा उपमहानगर कमिटिकोे प्रतिबद्धतापत्र सार्वजनिक तथा बृद्धबृद्धाहरुलाई सम्मान

हेटौडा न्युज
९ बैशाख २०७९, शुक्रबार १७:५०
;

मकवानपुर । नेकपा एमाले हेटौंडा उपमहानगर कमिटिले स्थानीय निर्वाचन २०७९ का लागी आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक तथा बृद्धबृद्धाहरुलाई सम्मान गरेको छ ।

आज कम्युनिष्ट पार्टीको ७४औँ स्थापना दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा प्रतिबद्धतापत्र घोषणा गरिएको हो । एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् । हेटौंडा उपमहानगरपालिकालाई समय–समयमा रणनितिक परामर्शका लागि सबै पक्ष समेटेर हेटौंडा विकास परिषद गठन गर्ने, योजना निर्माण, अनुगमन र मुल्याङ्कनका लागि नगर योजना आयोग गठन गर्ने, प्रदेश राजधानीको गुरुयोजना तर्जुमा र कार्यान्वयन गर्न प्रदेश सरकारसँग सहकार्य र समन्वय गर्ने पत्रमा उल्लेख छ ।

यस्तै, नगर यातायात गुरुयोजना तयार गरिने र व्यवस्थापन गर्ने उल्लेख गरेको छ । कार्यक्रममा पार्टीका जेष्ठ सदस्यहरुलाई सम्मान तथा ‘समृद्ध नेपाल’ शिर्षकका गीत सार्वजनिक गरिएको छ । नेकपा एमाले हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष शालिकराम पुडासैनीको अध्यक्षतामा भएको कार्यक्रममा पपार्टीका केन्द्रीय सदस्य जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, एमाले बागमती प्रदेश कमिटीका सदस्य भगवती पुडासैनी, अनन्त पौडेल, बलराम बल लगायतकाको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*