काङ्ग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्दै

मकवानपुर । नेपाली काङ्ग्रेसले स्थानीय तह निर्वाचनको उम्मेदवार टुङ्गो लगाउन शुक्रबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
बैठक शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ । काङ्ग्रेसले महानगरपालिका र उपमहानगरपालिकाका उम्मेदवार केन्द्रीय समितिबाट टुङ्ग्याउने निर्णय गरिसकेको छ ।