एमालेले महानगर र उपमहानगरको उम्मेदवार वैशाख १० गते टुङ्गो लगाउने

मकवानपुर । नेकपा एमालेले महानगरपालिका र उपमहानगरपालिकाको उम्मेदवार १० वैशाखमा टुङ्गो लगाउने भएको छ ।
बिहीबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा उम्मेदवारको आकाङ्क्षीहरुको नाम प्रस्तुत भएको थियो । ती नाममाथि थप छलफल र अध्यन गरेर १० गते बस्ने बैठकले उम्मेदवार टुङ्गो लगाउने सचिव योगेश भट्टराईले जानकारी दिए ।