काङ्ग्रेस मकवानपुरका सभापति लामाले माफि मागे

हेटौडा न्युज
८ बैशाख २०७९, बिहीबार १८:१५
;

मकवानपुर । नेपाली काङ्ग्रेस मकवानपुरका सभापति बुद्ध लामाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग माफि मागेका छन् ।

बैशाख ६ गते नेपाली काङ्ग्रेस मकवानपुरमा काङ्ग्रेसका कार्यकर्ताहरुले कार्यालयमा तालाबन्दी गरेपछि सभापति लामाले ताला फोड्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको भावनालाई ठेस पुग्ने शब्द प्रयोग गरेका थिए । सभापति लामाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई भेट गरेर माफि मागेका छन् । सभापति लामाले आज बिहीबार यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका क्षेत्रमा काम गर्ने संस्था फ्रेण्ड्स् हेटौंडाको कार्यालयमा पुगेर गल्ती महशुस गर्दै क्षमायाचना गरे ।

सभापति लामाले आफुले बोलेको शब्दले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई अपमान हुने गरी असर परेकोमा माफी मागेका हुन् । माफी माग्दै उनले यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायलाई सँधै सम्मान गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*