काङ्ग्रेस मकवानपुरको बहुमत पदाधिकारीको पत्रकार सम्मेलन: एक्लै निर्वाचनमा होमिने

मकवानपुर । नेपाली काङ्ग्रेस मकवानपुरका बहुमत पदाधिकारी तथा जिल्ला सदस्यहरुले पाँच दलिय गठवन्धनले हेटौँडा उपमहानगरपालिका नेकपा एकिकृत समाजवादीलाई दिने गरि गरेको सहमति आफुहरुलाई मान्य नहुने बताएका छन् ।
नेपाली काङ्ग्रेस मकवानपुरको जिल्ला पार्टी कार्यालय, हेटौँडामा आज पत्रकार सम्मेलनको आयोजना गरि उनिहरुले काङ्ग्रेस कार्यकर्ताको भावना विपरित गरिएको गठवन्धन मान्य नहुने स्पष्ठ पारेका हुन् । पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस मकवानपुरका उपसभापति आनन्द कठायतले हेटौँडा समाजवादीको हातमा दिँदा नेपाली काङ्ग्रेसलाई दिर्घकालिन रुपमा आघात पुग्ने दाबी गर्दै केन्द्रीय समितिले हेटौँडाको विषयमा पुनारावलोकन नगरे आफुहरु एक्लै निर्वाचनमा होमिने बताए ।
नेपाली काङ्ग्रेसले यस अघिको स्थानीय तहको निर्वाचनमा ७ हजार मत बदर हुँदा समेत ६ सय मतले मात्र पराजय भोगेको हेटौँडामा जनमतकै एकिन नभएको समाजवादीलाई प्रमुख मान्न आफुहरु तयार नभएको उनको भनाई रहेको छ । पत्रकार सम्मेलनमा जिल्ला उपसभापति धर्म लामिछाने, सचिव इश्वर पाठक, भिमसेन महत, कोषाध्यक्ष होमनाथ गौतम, सहसचिव इन्दीरा न्यौपाने, पूर्व सभापति माईकल रामचन्द्र अर्याल, रघुरमण न्यौपाने लगाएतको उपस्थिती रहेको थियो ।