हेटौंडाको मेयर नपाए गठबन्धनबाट अलग भएर काङ्ग्रेस एक्लै चुनावमा जान्छ: सभापति इटेनी

हेटौडा न्युज
७ बैशाख २०७९, बुधबार १६:२५
;

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने गठबन्धनको निर्णय पुनरावलोकन गर्न काङ्ग्रेस उपमहानगर समितिले माग गरेको छ ।

बुधबार पत्रकार सम्मेलन गरी काङ्ग्रेस उपमहानगर सभापति उत्सव इटेनीले नेतृत्वलाई निर्णय सच्याउन माग गरिएको बताए । हेटौँडा उपमहानगरपालिकाको बस्तुगत अवस्थाबारे यसअघि नगर समितिका तर्फबाट पार्टीको केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूलाई जानकारी गराए पनि बेवास्ता भएको इटेनीको भनाइ छ ।

गठबन्धनले निर्णय पुनरावलोकन नगरे गठबन्धनबाट अलग भएर गठबन्धन दलहरूसँग मित्रवत् प्रतिस्पर्धा गर्नेे उनले बताए । काङ्ग्रेस एकल नेतृत्वमा चुनावी प्रतिस्पर्धामा सहभागी हुने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*