दलहरु एमालेसंग मिल्नसक्छन् , गठबन्धन जोगाउनुपर्छ: प्रधानमन्त्री देउवा

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेकाले त्यसलाई असफल पार्नुपर्ने बताएका छन् ।
नेपाल विद्यार्थी संघको ५३ औं स्थापना दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा काङ्ग्रेस सभापतिसमेत रहेका देउवाले अहिले कुनैपनि अवस्थामा गठबन्धन टुट्न नहुने र गठबन्धन टुटाउने षडयन्त्रलाई असफल पार्नुपर्नेमा जोड दिए ।
‘गठबन्धन टुटे दलहरू फेरि एमालेसँग मिल्न जाने सम्भावना कायमै छ । अहिलेको निर्वाचन प्रणालीअनुसार एउटै दलको बहुमत आउने सम्भावना नभएकाले तालमेल आवश्यक छ’, देउवाको भनाइ थियो । आफ्नो सरकारले पनि राम्रो काम गरिरहेको उनको जिकिर थियो ।
देउवाले स्कूल–स्कूलमा सङ्गठन विस्तार गर्दै बलियो उपस्थिति जनाउन नेविसंघलाई निर्देश दिए ।