केन्द्रको निर्णय अनुसार चुनावी तालमेल गर्न काङ्ग्रेसको निर्देशन

हेटौडा न्युज
२ बैशाख २०७९, शुक्रबार १७:३४
;

मकवानपुर । नेपाली काङ्ग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिले पार्टी केन्द्रले गरेको निर्णय अनुसार तालमेल प्रक्रिया अघि बढाउन मातहतका संरचनालाई निर्देशन दिएको छ ।

शुक्रबार पार्टी मुख्यालय सानेपामा बसेको बठैकमा गठबन्धनलाई थप व्यवस्थित बनाउने विषयमा निर्वाचन परिचालन समितिमा छलफल भएको केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए । उनले गठबन्धनको मर्म विपरीत जान नहुने धारणा परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले बैठकमा व्यक्त गरेको बताए । बैठकले निर्वाचनमा परिचालन हुनका लागि विभिन्न उप समिति बनाउने निर्णय पनि गरेको छ ।

साथै प्रदेश र जिल्लामा प्रतिनिधि पठाउने तथा जिल्लाबाट पालिका तहमा प्रतिनिधि पठाउन तल्लो तहलाई निर्देशन दिने निर्णय गरिएको छ । चुनावी प्रचार सभालाई आचासंहिताभित्र रहेर व्यवस्थित बनाउने बारे पनि छलफल भएको महरले बताए । विदेशस्थित सम्पर्क समिति भ्रातृ र शुभेच्छुक संस्थालाई निर्वाचनमा सक्रिय परिचालन गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*