जनादेश शब्दले सत्ता गठबन्धनको सात्तो जान्छ: ओली

हेटौडा न्युज
१ बैशाख २०७९, बिहीबार ११:१९
;

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनादेश शब्दले सत्ता गठबन्धनको सात्तो जाने बताएका छन् ।

नयाँ वर्ष २०७९ को अवसरमा शुभकामना सन्देश जारी गरी अध्यक्ष ओलीले गठबन्धनले जति षडयन्त्र गरे पनि स्थानीय तहको निर्वाचनबाट भाग्ने ठाउँ नभएको दोहोर्याएका छन् ।

निर्वाचनकै सन्दर्भमा उनले गठबन्धनलाई जनादेश भन्नेबित्तिकै सातो जाने लक्ष्यविहीन समूहको संज्ञा दिएका छन् । ‘ताजा जनादेश भन्ने शब्द सुन्नासाथ सात्तो जाने लक्ष्यविहीन अराजक समूहका कुनै आफ्ना एजेण्डा छैनन्,’ ओलीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले चार पृष्ठ लामो शुभकामना सन्देशमा सत्ता गठबन्धनको विरोध गर्दै देशलाई सङ्कटमा धकेलेको आरोप लगाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*