काङ्ग्रेसको कार्य सम्पादन समितिको बैठकमा सरकारका विवादित निर्णयमा नेताहरुले प्रश्न उठाए

मकवानपुर । नेपाली काङ्ग्रेसको कार्य सम्पादन समितिको बैठकमा सरकारका विवादित निर्णयमा नेताहरुले प्रश्न उठाएका छन् ।
गभर्नर महाप्रसाद अधिकारीमाथि सरकारले गरेको निलम्बन,नेपाल टेलिकमको प्रबन्ध निर्देशक सुनिल पौडेलको नियुक्ति तथा बिग्रँदो अर्थतन्त्रका विषयमा नेताहरूले धारणा राखेका थिए । अर्थमन्त्रीको कार्यक्षमतालाई लिएर केही नेताले असन्तुष्टि व्यक्त गरेका थिए ।
अर्थमन्त्री जनार्दन शर्माले खस्कँदो अर्थतन्त्रप्रति उचित पहल लिन नसकेकोमा बैठकमा नेताहरुले चिन्ता व्यक्त गरेको सहमहामन्त्री आङदेम्बेले जानकारी दिए ।