सत्तागठबन्धनको तालमेलको मोडालिटी टुङ्ग्याउन निर्णायक बैठक

हेटौडा न्युज
२९ चैत्र २०७८, मंगलवार ०९:४७
;

मकवानपुर । स्थानीय चुनावमा संयुक्तरुपमा भिड्न लागेको सत्तागठबन्धनले आज तालमेलको मोडालिटी टुङ्ग्याउन निर्णायक बैठक गर्दैछ ।

हिजो गठबन्धनमा आवद्ध पाँच दलका शीर्षस्थ नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै एमालेविरुद्ध एक हुन अपिल गरेपछि आज तालमेलको खाकाबारे निर्णय गर्न बैठक बस्न लागेको हो । बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्दैछ । गठबन्धनले तालमेलको खाका बनाउन चुनावी संयन्त्रसमेत बनाएको छ ।

तल्लो तहको सिफारिसको आधारमा जिल्ला, प्रदेश र केन्द्रको समितिले उम्मेदवार टुङ्ग्याउने बताइएको छ । यद्यपि, कतिपय स्थानीय तह, जिल्लामा गबठन्धन हुन नहुने आवाज पनि उठिरहेको छ । खासगरी गठबन्धनको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको एक पक्ष सबै ठाउँमा चुनावी तालमेल गर्ने कुराको विपक्षमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*