शशांक कोइरालासँग निर्वाचन आयोगले माग्यो जवाफ

मकवानपुर । चुनाव खर्चबारे दिएको अभिव्यक्तिलाई लिएर नेपाली काङ्ग्रेसका पूर्वमहामन्त्री डाकटर शशांक कोइरालासँग निर्वाचन आयोगले जवाफ मागेको छ ।
कोइरालाले हालै मात्र २०७४ को प्रतिनिधिसभा चुनावमा ६ करोडभन्दा बढी खर्च भएको अभिव्यक्ति दिएका थिए । आयोगमा पेश गरेको विवरणमा भने २१ लाख ७५ हजार मात्र उल्लेख रहेको भन्दै ७ दिनभित्र जानकारी दिन कोइरालालाई ध्यानाकर्षण गराइएको आयोगले जनाएको छ ।