नेकपा एमालेबाट हेटौंडाको मेयरमा ९ जना र उपमेयरमा ७ जना आकाङ्क्षी

हेटौडा न्युज
२८ चैत्र २०७८, सोमबार १०:११
;

मकवानपुर । वैशाख ३० हुने स्थानीय निर्वाचनका लागि नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिका मेयरको उम्मेदवारका लागि ९ जना र उपमेयर पदको लागि ७ जनाले आकाङ्क्षा व्यक्त गरेका छन् ।

आइतबार बसेको नगर कमिटीको बैठकमा सहमति नजुटेपछि आकङ्क्षी सबैजनाको नाम जिल्ला कमिटिमा पठाइएको हो । हेटौंडाको मेयर पदका लागि आकाङ्क्षी हरिबहादुर महत, रघुनाथ खुलाल, रामेश्वर राना, एकलाल श्रेष्ठ, अनन्त पौडेल, मदन दाहाल, ध्रुव चौलागाईं, विके महर्जन र गणेशकुमारी प्रधानलाई सिफारिस गरिएको हो । महत अहिले पनि मेयर छन् भने खुलाल जिल्ला समन्वय समितिका प्रमुख हुन् । राना नेकपा एमाले केन्द्रीय सदस्य हुन् भने श्रेष्ठ जिल्ला अध्यक्ष हुन् । यस्तै मेयरका अर्का आकांक्षी पौडेल दोश्रो संविधानसभा सदस्य हुन् ।

दाहाल र चौंलागाईं अधिवक्ता हुन् । भने महर्जन यसअघि हेटौंडा उपमहानगरपालिकाको वातावरण महाशाखा प्रबन्धकमा कार्यरत थिए । मेयर पदमा सिफारिस एक मात्र महिला प्रधान भने जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य छिन् । सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता विष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपाललाई उमपेयरका लागि सिफारिस गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*