राजेन्द्र लिङ्देन हेटौंडा आईपुगे

मकवानपुर । राप्रपा मकवानपुरको आमसभालाई सम्बोधन गर्नं राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन हेटौंडा आईपुगेका छन् ।
आज दिउँसो हेटौंडा–४ को हुप्राचौरमा हुने आमसभालाई सम्बोधन गर्न अध्यक्ष लिङ्देन हेटौंडा आएका हुन् ।स्थानीय निर्वाच केन्द्रीत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष लिङ्देनसहित राप्रपाका केन्द्रीय महामन्त्रीद्धय राजेन्द्र गुरुङ,भुवन पाठक,केन्द्रीय सदस्य रेखा थापा आउने बताईएको छ ।
राप्रपाको अध्यक्षमा निर्वाचित भएपछि लिङ्देन पहिलो पटक हेटौंडा आएका हुन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृह जिल्ला मकवानपुर भएको कारण हुप्राचौरमा आज हुने आमसभालाई विशेष चासोको रुपमा हेरिएको छ ।