नेकपा एमालेले भीमफेदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा लामा र रानालाई उम्मेदवार बनाउने

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय निर्वाचनको लागि नेकपा एमालेले भीमफेदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
भीमफेदी एमाले गाउँ कमिटी बैठकले गाउँपालिकाको गाउँपालिकाका वर्तमान अध्यक्ष लामा तथा वर्तमान उपाध्यक्ष रानालाई नै उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । २०७४ मा भएको स्थानीय निर्वाचनमा भीमफेदी गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष दुबैमा एमालेका उम्मेद्वार लामा र राना विजयी भएका थिए ।