आगामी चुनावमा अन्य पार्टी माओवादीसँग तालमेल गर्न आउछन्: प्रचण्ड

हेटौडा न्युज
६ चैत्र २०७८, आईतवार १०:५९
;

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावमा अन्य पार्टी माओवादीसँग तालमेल गर्न आउनुपर्ने बताएका छन् ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक महिनाभित्र अरु सबै पार्टीहरु माओवादीसँग तालमेल गर्न आउनुपर्ने बताए । उनले चुनावी तालमेत गर्ना माओवादी नजाने भन्दै अन्य पार्टी माओवादीकहाँ आउने तर्क गरे ।

जनतामा राष्ट्र र लोकतन्त्र जोगाउने पार्टी माओवादी नै रहेछ भन्ने महसुस भएको भन्दै उनले आफूहरु नै पहिलो पार्टी बन्ने सम्भावना रहेको समेत बताए । अबको चुनावमा आफ्नै बलमा चुनाव लड्ने उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*