स्थानीय तहको चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्छ: प्रचण्ड

हेटौडा न्युज
६ चैत्र २०७८, आईतवार १०:३८
;

मकवानपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावमा माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावनातर्फ अघि बढेको बताएका छन् ।

आइतबार पोखरामा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आगामी चुनावमा आफनै बलमा चुनाव लडेर माओवादी केन्द्र पहिलो पार्टी बन्ने सम्भावनातिर अघि बढेको बताएका हुन् ।

उनले पछिल्लो समयमा माओवादी प्रवेश गर्ने लहर देखेर माओवादी पहिलो पार्टी बन्ने संकेत गरिसकेको बताए । माओवादीले नै देश बचाउने माओवादी नै रहेको भन्ने जनतालाई महसुस भइरहेको उनले दावी गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*