निर्वाचनमा आफ्नै शक्तिमा प्रतिस्पर्धा गर्नुपर्छ: खनाल

मकवानपुर । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा आफ्नै शक्तिमा प्रतिस्पर्धा गर्नुपर्ने बताएका छन् ।
अरुको आड लागेर मात्र चुनाव जित्न नसक्ने भन्दै उनले कार्यकर्ताहरुलाई आफ्नै शक्ति विस्तार गर्न लाग्न सुझाव दिए । नेकपा एकीकृत समाजवादीको गुल्मी सम्पर्क समितिले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उनले स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनका पाँच दलबीच तालमेलको सम्भवना भए पनि त्यसमा मात्र भर पर्न नहुने बताए ।
उनले सत्तारुढ गठबन्धनबीच खास खास अवस्थामा खास खास ठाउँमा मात्र चुनावी तालमेल गर्ने बताए ।