माथिल्लो तामाकोशीको अवलोकनमा प्रधानमन्त्री देउवा

हेटौडा न्युज
५ चैत्र २०७८, शनिबार ११:५८
;

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवा आज शनिबार माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको अवलोकनमा जाँदैछन् ।

देउवाले निर्माणाधीन आयोजनाको भौतिक प्रगतिबारे स्थलगत अवलोकन गर्ने र ठेकेदार कम्पनीलाई छिटो निर्माण सम्पन्न गर्न निर्देशन दिने भएका छन् ।

त्यसपछि खिम्ती जलविधुत आयोजनाको अवलोकन पनि आजै प्रधानमन्त्री देउवाले गर्ने उनको सचिवालयले जनाएको छ । माथिल्लो तामाकोशी र खिम्ती जलविधुत आयोजना निर्माण सम्पन्न हुने क्रममा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*