रमेश पौड्यालसहित विवेकशीलले हटायो २६ केन्द्रीय सदस्य

हेटौडा न्युज
१ चैत्र २०७८, मंगलवार १०:३०
;

मकवानपुर । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले २६ केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटाएका छन् ।

बागमती प्रदेश सभाका सदस्य रमेश पौड्याललगायत २६ जना केन्द्रीय सदस्यहरुलाई जिम्मेवारीबाट हटाईएक हो । केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्द्रिका सिग्देल, दुर्गा खत्री (कार्की), धर्म मानन्धर, पुकार बम, भरतराज पन्त, भूपदेव शाह, मनिस खनाल र मुना अधिकारीलाई पनि जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।

यसैगरी रविना अम्गाई, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, विमल तामाङ, शिशिर बन्जारा, सरोज प्रसाद गौतम, सिर्जना खड्का, सुदन मानन्धर, सुरेश अर्याल, सुरेश भट्ट र हरिशप्रसाद भट्टलाई पनि जिम्मेवारीबाट हटाइएको छ । गएका चारवटा केन्द्रीय समितिका बैठकहरुमा लगातार अनुपस्थित रहेका, बारम्बार लेभीका लागि अनुरोध हुँदा पनि लेभी नबुझाएका र समानान्तर गतिविधिमा सङ्लग्न भई पार्टीलाई गम्भीर क्षति पुर्याएको भन्दै उनीहरुलाई जिम्मेवारीबाट हटाइएको विवेकशील साझा पार्टीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*