चुनावमा आफूहरुको हार हुने डर भएकाहरुले चुनावलाई प्रतिगमन भन्छन्: ओली

हेटौडा न्युज
२८ फाल्गुन २०७८, शनिबार १२:२७
;

मकवानपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा आफूहरुको हार हुने डर भएकाहरुले चुनावलाई प्रतिगमन भन्ने गरेको टिप्पणी गरेका छन् ।

नेपाल निजामति कर्मचारी सङ्गठनको महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले जनतामा जाने कुरालाई प्रचण्ड–माधव समूहले प्रतिगमन भनेको बताए ।

अध्यक्ष ओलीले अहिलेको सरकार पाँचजना न्यायाधीशले नियुक्त गरेको बालुवाको मूला जस्तै भन्दै यसलाई जनताको अभिमतबाट उखेलेर मिल्काइदिने दावी समेत गरे । अध्यक्ष ओलीले अबको चुनावमा एमालेले स्वीप आउट गर्ने बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*