एमालेको राष्ट्रियसभा संसदीय दलको नेतामा भट्टराई प्रमुख सचेतकमा दाहाल

मकवानपुर । नेकपा एमालेको राष्ट्रियसभा संसदीय दलको नेतामा खिमलाल भट्टराई चयन भएका छन् ।
एमाले संघीय संसदीय दलका नेता केपी शर्मा ओलीले भट्टराईलाई दलको नेता नियुक्त गरेका हुन् । त्यस्तै राष्ट्रियसभामा एमालेको प्रमुख सचेतक देवन्द्र दाहाल नियुक्त भएका छन् । यसअघि भट्टराई प्रमुख सचेतक थिए । दलको नेता सुमन प्याकुरेलको कार्यकाल सकिएर बिदा भएकाले भट्टराईलाई बनाइएको हो ।