काङ्ग्रेसलाई फाइदा पुग्ने गरीे मतपत्रको रङ हरियो बनाउन खोजियो: ओली

मकवानपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली काङ्ग्रेसलाई फाइदा पुग्ने गरीे मतपत्रको रङ हरियो बनाउन खोजेको आरोप लगाएका छन् ।
बुधबार मोरङको रङ्गेलीमा आयोजित कार्यक्रममा उनले मतपत्र हरियो नभई रातो रङ राख्नुपर्ने बताए । निर्वाचन आयोगले ३० वैशाखमा हुने निर्वाचनमा मतपत्र चुनाव चिह्नको रङ हरियो बनाउने निर्णय गरेको थियो । एमाले अध्यक्ष ओलीले काङ्ग्रेसलाई सुकेको रुखको संज्ञा दिए ।
नेता माधवकुमार नेपालले पार्टी छाडेपछि हाइसन्चो भएको ओलीले टिप्पणी गरे । केही व्यक्तिले पार्टी छाडेपनि एमाले झन् बलियो भएको उनको दावी छ ।