एमाले ओलीको कब्जामा पुगेपछि विद्रोह गर्नुपर्यो: माधव नेपाल

हेटौडा न्युज
२५ फाल्गुन २०७८, बुधबार १२:१३
;

मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफूहरूले निर्माण गरेको नेकपा एमाले केपी ओलीको कब्जामा पुगेपछि विद्रोह गर्नुपरेको बताएका छन् ।

बुधबारबाट सुरू भएको नेकपा एसको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीसँग आत्मसमर्पण गर्ने कि विद्रोह गर्ने भन्ने दुईमात्र विकल्प रहेकाले आफूहरूले भदौ ९ गते विद्रोह गरेर नयाँ पार्टी दर्ता गरेको बताए । विद्रोहको सुरूआत २०७७ चेत ४ र ५ गते राष्ट्रिय भेलाबाटै भएको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*